Logo

३० वैशाख,बारा । बाराको जीतपुरपछि सिमरा बजारमा रहेको अबैध संरचना हटाउँन जीतपुरसिमरा उपमहानगरपालिकाले ध्यान केन्द्रित गरेको छ । उपमहानगरपािलकाले अन्तिम पट्क साँत दिने सुचना प्रकाशन गरी जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.२ स्थित साबिक पिप्रासिमरा गा.बि.सको नाममा रहेको जग्गामा बनका अबैध संरचनाहरु हटाउँन निर्देशन दिएको छ ।

तोकिएको समयभित्र अबैध संरचना नहटाएको खण्डमा उपमहानगरपालिकाले आफै हटाई ,हटाउँदा लागेको खर्च सम्बन्धित ब्यक्ति वा संस्थाबाट असुल गर्ने नगर प्रमुखको आदेशमा जारी गरीएको सुचनामा उल्लेख छ । वडा नं.३ को वडा कार्यालयले एक अन्तरक्रिया कार्यक्रमको आयोजना सिमरा बजारमा रहेका अबैध संरचनाहरु हटाएर नगर बिकास कोषको रकम करिब ४४ करोडको लागतमा उक्त ठाउँमा सुबिधा सम्पन्न ४ तल्ले सिमरा कम्पलेक्स भवन बनाउँने योजना सार्बजनिक गरेको छ ।

उपमहानगरपालिकाको ईन्जिनीयर संजीब रुपाखेतीले निर्माण हुने कम्प्लेक्स भवनको संरचनाहरुको बिषयमा प्रस्तुती प्रस्तुत गरेका थिए । उनले ५ कठ्ठा क्षेत्रफलको बेसमेन्टमा दुई तल्लाको पार्किङ्ग , जमिन तल्लामा ४० वटा भन्दा बढी सटरहरु , पहिलो तल्लामा वडा कार्यालय ,दोस्रो तल्लामा बैँक , कार्यालय र अफिस सटर भाडा र तेस्रो तल्लामा रेष्टुरेन्ट ,जिम हल ,फुल कोर्ट ,प्ले जोन लगायत रहने ईन्जिनीयर रुपाखेतीले जानकारी दिनुभयो ।

वडा नं.३ का वडा अध्यक्ष धन बहादुर श्रेष्ठले ५ कठ्ठा जग्गामा मल निर्माणपछि स्थानीय ब्यपार ब्यवसायीहरुलाई ब्यपार गर्न सहज हुने जानकारीदिनुभयो । उहाँले नगर प्रमुख राजन पौडेलको मनसाय पनि यहाको ब्यपार ,ब्यवसायको स्तर बृद्धि गर्ने भएकाले ब्यपारीहरुलाई यसको बिरोध नगर्न अनुरोध गर्नुभयो । वडा अध्यक्ष श्रेष्ठले कम्पलेक्समा बन्ने सटरहरुको भाडाहरु प्रत्येक सटर पाँच हजार भन्दा बढी नपर्ने बताउँनुभयो ।

कम्प्लेक्स बन्दा स्थानीय ब्यपारीहरुलाई पहिलो प्राथमिकता दिने भएकाले नआतिन आश्वसत पार्नुभयो । यता नेपाली काग्रेसका हरि थपलियाले सिमरा बजारमा सिमरा कम्पलेक्स भवन को अति आवश्यकता देखिएकाले जुनसुकै अवस्थामा बन्नुपर्ने धारणा ब्यक्त गर्नुभयो । कम्प्लेक्स बन्दा बिना एडभान्स रकम दिई सस्तो मुल्यमा सरकारी तवरबाट निर्माण भएको सटरमा ब्यपार ,ब्यवसाय गर्न पाउँनु सिमराबासीकोलागि अवसर भएको जिकिर गर्नुभयो ।

यहाँको मेयर ,उपमेयर वा वडा अध्यक्षले आफनो ब्यक्तिगत स्वार्थकोकोलागि कम्प्लेक्स निर्माण गर्न नगईरहेकाले सबैले हातेमालो गरी साथ दिनुपर्ने बिचार ब्यक्त गर्नुभयो । नेकपा एमाले पाटी कमिटीका वडा नं.२ का वडा अध्यक्ष रबिन्द्र खकुरेलले साबिक पिप्रासिमरा गा.बि.सको नाममा रहेको सो बजार क्षेत्रको जग्गामा जसरीभएपनि अबैध संरचना हटाउँनुपर्ने बताउँनुभयो ।

कम्प्लेक्स निर्माण हुने उक्त सिमरा बजारको जग्गा सिमराको मुटु भएको बताउँनुभयो ।यसलाई कुरुप हुन दिनु हुँदैन् भन्नी आफनो पहिले देखिएकै आफनो स्पष्ट धारणा रहेकाले यसमा कसैले बाधा अड्चन सिर्जना गरे आफुहरुलाई असहय हुने बताउँनुभयो । यता नेकपा एकिकृत समाजवादीका जीतपुरसिमरा उपमहानगर अध्यक्ष कृष्ण खनालले अब्यवस्थित संरचना हटाउँनमा आफुहरुको कुनै दुईमत नरहेको बताउँनुभयो ।

पहिला देखि नै यस क्षेत्रमा कप्लेक्स बनाउँनुपर्छ अवाज उठिरहेकाले जीतपुरसिमरा उपमहानगरपालिकाले चाडै कम्प्लेक्स बनाई स्थानीय ब्यपारिहरुलाई दिनुपर्ने जानकारी दिनुभयो ।स्थानीय ब्यपारीहरु आफुहरु बिकासको बाधक नभएपनि आफुहरुको रोजगार गुम्ने डरले सताईरहेको बताएका थिए ।

मिती तोकेर नै यती समयभित्र कम्प्लेक्स बनाईसक्नुपर्ने र आफुहरुलाई त्यसमा सटर पाउँने ग्यारेन्टी गरेपछि आफुहरु कम्प्लेक्स बनाउँनमा सहकार्य गर्ने नत्र बिरोधमा उत्रने चेतावनी दिएका थिए । सिमरा बजारको जग्गामा बनेको अबैध संरचना हटाई सिमरा कम्प्लेक्स बनाउँनुपर्ने तत्कालिन नगर प्रमुख कृष्ण पौडेल नेतृत्वको जन प्रतिनिधिले गरेको थियो । जुन कार्यलाई बहालवाला नगर प्रमुख राजन पौडेल नेतृत्वको जनप्रतिनिधिले कार्यान्वयनमा ल्याउँन गईरहेका छन् ।


सम्बन्धित समाचार