७ साउन,वीरगञ्ज । बाराको सिम्रौनगढ नगरपालिका–६ पावरहाउसस्थित पर्साटोलमा बिहीबार बिहान मोटरसाइकल दुर्घटना हुँदा गम्भीर घाइते भएकी एक वृद्धाको उपचारपछि घर फर्काउने क्रममा बाटोमै मृत्यु भएको छ।
प्रहरीका अनुसार बिहान करिब ११ः३० बजे पर्साटोलबाट इटवालतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट द्यच् ब्म् ५६४२ को मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना भएको थियो। दुर्घटनामा मोटरसाइकलको पछाडि सवार सिम्रौनगढ–७ पर्साटोल निवासी ६० वर्षीया सायबुन खातुन गम्भीर घाइते भएकी थिइन्। उनको टाउको र दाँतमा गम्भीर चोट लागेको थियो।
घाइते खातुनलाई उपचारका लागि वीरगञ्जस्थित ल्ःऋ अस्पताल लगिएको थियो। मोटरसाइकल चालक उनका छोरा करिब २५ वर्षीय तबरेज अन्सारी भने सकुशल रहेको र आमाको उपचारमा संलग्न रहेको प्रहरीले जनाएको छ।
दुर्घटनाबारे अस्पतालमा कार्यरत प्रहरीबाट दिउँसो २ः२० बजे इलाका प्रहरी कार्यालय सिम्रौनगढमा जानकारी प्राप्त भएपछि प्रहरी सहायक हवल्दार सुजित राउतको कमाण्डमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो। प्रारम्भिक अनुसन्धानका क्रममा चालकले मादक पदार्थ सेवन नगरेको खुलेको छ भने मोटरसाइकलका कागजात परीक्षणको क्रममा रहेको प्रहरीले जनाएको छ। दुर्घटनापछि मोटरसाइकल चालकले सवारीसाधन आफ्नै घरमा लगेर राखेका थिए।
उपचारका क्रममा स्वास्थ्यमा सुधार नआएपछि साँझ ५ः४५ बजे आफन्तले एम्बुलेन्समार्फत उनलाई घर फर्काइरहेका बेला साँझ करिब ६ बजे बाटोमै मृत्यु भएको बारा प्रहरीले जनाएको छ।
घटनाबारे राति ८ बजे प्रहरीलाई जानकारी प्राप्त भएपछि प्रहरी निरीक्षक कृष्णदेव प्रसाद साहको कमाण्डमा मुचुल्का तथा फरेन्सिक (क्इऋइ) टोली घटनास्थलमा खटिएको थियो। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।




















