Logo

१२ असार, काठमाडौं । अर्थ मन्त्रालयले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदका लागि खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने प्रक्रिया अघि बढाएको छ ।

मन्त्रालयद्वारा गठित सिफारिस समितिले सार्वजनिक सूचना जारी गर्दै योग्य नेपाली नागरिकहरूलाई १५ दिनभित्र मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा आवेदन पेस गर्न आह्वान गरेको छ ।

यस पदका लागि आवेदन दिन उम्मेदवारले अर्थशास्त्र, वाणिज्य शास्त्र, वित्तशास्त्र, व्यवस्थापन, सूचना प्रविधि वा वाणिज्य कानुन विषयमा कम्तीमा स्नातकोत्तर वा चार्टर्ड एकाउन्टेन्सी सो सरहको उपाधि हासिल गरेको हुनुपर्नेछ ।

साथै, पुँजी बजार, वित्तीय क्षेत्र वा व्यवस्थापनसम्बन्धी कार्यमा कम्तीमा १५ वर्षको कार्यअनुभव हुनुका साथै ७ वर्ष व्यवस्थापकीय तहमा काम गरेको अनुभव अनिवार्य गरिएको छ ।


सम्बन्धित समाचार