Logo

१४ जेठ,वीरगञ्ज । नेपाल ट्रेड युनियन कांग्रेसको मधेस प्रदेशको दोश्रो अधिवेशनले वीरगञ्जमा सम्पन्न भएको छ ।
वीरगञ्जको राणीसती अतिथी सदनमा जेष्ठ १२ र १३ गते सम्पन्न अधिवेशनबाट विजयकुमार यादवको अध्यक्षतामा ३२ सदस्यिय नयाँ कार्यसमिति सर्वसम्मत मधेस प्रदेश कार्यसमिति चयन गरिएको हो ।

जसअनुसार उपाध्यक्षमा मनोज कुमार यादव , भरत प्रसाद यादव , प्रदीप जयसवाल , बैद्यनाथ प्रसाद यादव , शिवबालक यादव र राधा हमाल चयन भएका छन् ।
यस्तै सचिवमा मोहन झा , सहसचिवमा अशोक कुमार साह , प्रतिमा गिरी , सुशिल कुमार यादव , लक्ष्मीनारायण ठाकुर र पूजा कुमारी सिंह तथा कोषाध्यक्षमा राजमणी बराल र सहकोषाध्यक्षमा रिंकु साहपनि सर्वसम्मच चयन भएका छन् ।

ट्रेड युनियन कांग्रेसको मधेस प्रदेशको युवा समितिको संयोजकमा राजु यादवपनि सर्वसम्मत चयन भएको नवनिर्वाचित उपाध्यक्ष प्रदीप जयसवालले जानकारी गराए ।

 


सम्बन्धित समाचार