Logo

५ साउन,बारा । जीतपुरसिमरा उपमहानगरपालिकाको आयोजनामा सुत्र तथा योजना सफ्टवेयर सञ्चालन सम्बन्धि तीन दिने अभिमुखिकरण तालिम बाराको सिमरामा सुरु भएको छ ।

अभिमुखिकरण तालिममा हातबाट राजस्वको रसिद वा नगदी रसिद नकाटेर सफ्टवेयरबाटै रसिद काट्ने र राजस्व सङ्कलन तथा बैँक दाखिला गर्ने पद्धतीको बिकास गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको राजस्व शाखा प्रमुख रमेश सुबेदीले जानकारी दिनुभयो ।

तालिममा सफ्टवेयरको सेटिङ्ग ,राजस्व सङ्कलन र प्रतिवेदन तयार पार्ने पद्धतीको बिषयमा जानकारी दिईने जीतपुरसिमरा उपमहानगरपालिकाले जनाएको छ । प्राईबेट रुपमा प्रयोग गरिदै आएको सफ्टवेयरलाई हटाएर उपमहानगरपालिकाले सरकार ,महालेखा लेखा नियन्त्रण कार्यालय लगायत सरकारका बिभिन्न निकायहरुले प्रत्यक्ष रुपमा राजस्व सङ्कलनको स्थितीलाई हेर्ने सक्ने किसिमको सफ्टवेयरमा काम गर्न लागेको छ ।

दैनिक रुपमा कुन शिर्षकमा कति राजश्व उठ्यो भने सजिलै हेर्ने किसिमको सफ्टवेयर रहेको राजस्व शाखा प्रमुख सुबेदीले जानकारी दिनुभयो ।तालिम सुरु हुनुभन्दा अगाडि भएको औपचारिक कार्यक्रमको उद्घाटन जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुख राजन पौडेलले गर्नुभएको थियो । नगर प्रमुख पौडेलले कर्मारीहरुलाई कर्तब्य निष्ठापुर्बक ईमान्दारिताको साथ आफनो जिम्मेवारी निर्वाह गर्नुपर्नेमा जोडदिनुभयो ।


सम्बन्धित समाचार