Logo

तश्वीर : विविसी

दक्षिण कोरियाको राजधानी सोलमा हेलोइन मनाउन जम्मा भएको भीडमा किचिएर १५१ जनाभन्दा धेरैको मृत्यु भएको छ।

विविसीका अनुसार घटनामा ८२ जना घाइते भएको त्यहाँको आपतकालिन सेवाले जनाएको छ। शनिवार साँझ भएको घटनामा मृत्यु हुनेमा १९ जना विदेशी छन्। अधिकारीहरूले मृत्यु हुनेको सङ्ख्या अझै बढ्न सक्ने बताएका छन्।

हेलोइन मनाउनका लागि त्यहाँको चर्चित रात्रिकालीन गतिविधि हुने क्षेत्रमा मानिसहरूको ठूलो भीड जम्मा भएको थिए । घटनाका अधिकांश पीडितहरू २० वर्ष आसपासका किशोर र युवाहरू रहेको बताइएको छ। साँघुरो गल्लीमा अत्यधिक भीड जम्मा भएर ठेलमठेल भएपछि भाग दौड मच्चिँदा मानीसहरूलाई भीडले किचेर उनीहरुको मृत्यु भएको बताइएको छ ।

कोविड पछि पहिलो पटक हेलोवीन उत्सव मनाइँदै थियो । आकस्मिक बैठकपछि दक्षिण कोरियाका राष्ट्रपति युन सुक–योलले घाइतेको उपचारका लागि कार्यदल गठन गर्न निर्देशन दिएका छन् । उनले कुटपिटको कारणबारे पनि अनुसन्धान थालेका छन् । दक्षिण कोरियामा सन २०१४ पछिको सबैभन्दा यति धेरैको संख्यामा मानिसहरु मारिएको यो पहिलो घटना हो । २०१४ मा सेवोल डुङ्गा डुब्दा ३ सय भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो ।

स्थानीय र विदेशीहरू हरेक हप्तामा त्यहाँ भेला हुन्छन्, तर हेलोवीन वर्षको सबैभन्दा व्यस्त रातहरू मध्ये एक हो । कोभिड महामारीको सुरुवात पछि पहिलो हेलोवीन मनाउन करिब एक लाख मानिसहरू शनिबार त्यहाँ आएको विविसीले जनाएको छ ।

घटनालाई समाजिक सञ्जालहरुमा राखिएका तश्वीरहरुलाई हेर्दा साँघुरो, ढलान गल्लीबाट सुरु भएको देखिन्छ जुन मानिसहरूको भीडले भरिएको थियो । सामाजिक सञ्जालमा भएका तस्विर र भिडियोहरूले गल्ली यति घना खचाखच भरिएको देखिन्छ । मानिसहरू हिड्न नसक्ने अवस्थामा रहेको भिडमा भागदौडका कारण धेरै मानिसको ज्यान गरेको अनुमान त्यहाँको सुरक्षा अधिकारीहरुले गरेको बताइएको छ ।

निलो कम्बलले ढाकिएको सडकमा शवहरू लाइनमा राखेको र घाइतेहरुलाई एम्बुलेन्समा राखेर अस्पताल तर्फ लगिदै गरेको विविसीले जनाएको छ । बेपत्ता व्यक्तिका आफन्तहरू आज बिहानै घटनास्थलमा पुगेका छन् । तर परिवारका सदस्यहरू आएर पहिचान गर्नका लागि शवहरू सडकबाट व्यायामशालामा सारिएको छ ।


सम्बन्धित समाचार