Logo

४ पुस,वीरगञ्ज । सरकारले उखुको न्युनतम खरिद मूल्य निर्धारण गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उखुको समर्थन मूल्य निर्धारण गरेको हो ।

यस वर्षको लागि उखुको समर्थन मूल्य प्रतिक्विन्टल ६३५ रुपैयाँ निर्धारण गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको हो । यो मूल्य गत वर्षको तुलनामा प्रतिक्विन्टल २५ रुपैयाँले बढी हो ।

सरकारकी प्रवक्ता तथा सञ्चार तथा सुचना प्रविधिमन्त्री रेखा शर्माले निर्धारित मूल्यमा व्यावसायीले ५६५ रुपैयाँ व्यहोर्ने जनाएकी छन् । उनका अनुसार सरकारले ७० रुपैयाँ थप गरेर किसानलाई प्रतिक्विन्टल ६३५ रुपैयाँ दिने निर्णय भएको हो ।

किसानले यसवर्षको लागि उखुको मूल्य प्रतिक्विन्टल ७५० रुपैयाँ माग गर्दै आएका थिए । उखुको न्यायोचित मूल्य माग गर्दै सर्लाहीका किसान विगत दुई सातादेखि आन्दोलित छन् ।


सम्बन्धित समाचार