Logo

१३ पुस,सेढवा । अवैध रुपले नदीजन्य पदार्थ उत्खनन् गरेर लैजाँदै गरेको अवस्थामा प्रहरीले दुईवटा ट्याक्टर नियन्त्रणमा लिएको छ ।

प्रहरीले वीरगञ्ज महानगरपालिका वडा नं. ३ स्थित भेडाहा खोलाबाट गिट्टी बालुवा उत्खनन् गरि लैजादैँ गरेको अवस्थामा ट्याक्टरहरु नियन्त्रणमा लिएको हो ।

प्रहरीले ना ७ त ६२७८ र ना ७ त ३७७२ नम्बरको ट्याक्टर बरामद गरेको जनाएको छ ।

भेडाहा खेलाबाट अवैध रुपले नदीजन्य पदार्थको तस्करी भईरहेको खबर प्रहरीमा आएको थियो । सोही सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक रामराजा केशरीको नेतृत्वमा खटिएको प्रहरी चौकी मिलनचोकको टोलीले उक्त ट्याक्टर पक्राउ गरेको हो ।

बरामद ट्रयाक्टरमाथि आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक केसरीले बताए ।


सम्बन्धित समाचार