Logo

२९ वैशाख,वीरगञ्ज । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली मधेश प्रदेश आउने भएका छन् । फरकफरक कार्यक्रममा सहभागी हुन अध्यक्ष ओली प्रदेशको पर्सा र बारा जिल्ला आउने भएका हुन् ।

पूर्व प्रधानमन्त्री समेत रहेका ओली यहि बैशाख ३१ गते सोमबार पर्साको वीरगञ्ज र ज्येष्ठ १ गते मंगलबार बारा आउने कार्यतालिका छ । नेकपा एमाले पर्साको ९ औँ जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारीहरुको शपथ ग्रहण कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागी हुन उनी वीरगञ्ज आउने तालिका रहेको एमाले निकट कार्यकताले जनाएका छन् ।

अधिवेशनबाट निर्वाचित जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरुको शपथ ग्रहण तथा प्रमाणपत्र वितरण कार्यक्रम बैशाख ३१ गते सोमबार नगर सभा गृह (टाउन हल) मा बिहान ११ बजेदेखि आयोजना गरिएको छ ।

यसैगरी बाराको प्रसौनी गाउँपालिकाको नवनिर्मित प्रशासकिय भवनको उद्दघाटन गर्न उनी आउने कार्यतालिका छ । भवनको उद्दघाटन मंगलबार बिहान ११ बजे अध्यक्ष ओलीले गर्ने कार्यसूचि रहेको जनाइएको छ ।


सम्बन्धित समाचार