Logo

३० वैशाख,वीरगञ्ज । धनुषा प्रहरीले लागुऔषध खैरो हेरोइनसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको बर्दिबास–२ बस्ने २३ वर्षका दिपक महतो र सोही ठाँउका २८ वर्षका सुभाष परियार रहेका छन् ।

उनीहरुलाई लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय जनकपुर, ईलाका प्रहरी कार्यालय ढल्केवर र अस्थायी प्रहरी पोष्ट बडहरी धनुषाबाट खटिएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको हो । मिथिला नगरपालिका वडा नं.९ बडहरीको पुर्व पश्चिम लोक मार्गबाट उनीहरुलाई खैरो हेरोईन जस्तो देखिने पदार्थ ४.२ ग्रामसहित २ जनालाई नियन्त्रणमा लिएको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक रञ्जन अवाले जनाए ।

ढल्केवरबाट बर्दिबासतर्फ जाँदै गरेको सवारी साधानहरुलाई चेकजाँच गर्ने क्रममा उनीहरुलाई लागुऔषधसहित नियन्त्रणमा लिएको उनले बताए । पक्राउ परेकाहरुमकाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनायो ।


सम्बन्धित समाचार