Logo

३१ वैशाख, काठमाडौं । विभाजित जनता समाजवादी पार्टी (जसपा) बाट सरकारमा सहभागी मन्त्रीहरुले आज शपथ लिने भएका छन् । जसपाका १ मन्त्री र दुई राज्यमन्त्रीले आज साँझ सपथ लिने कार्यक्रम तय भएको छ ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आज साँझ ६ बजे मन्त्रीको सपथको कार्यक्रम तय भएको जसपाले जानकारी दिएको छ ।

साँझ हुने सपथ ग्रहणमा जसपाबाट प्रदीप यादव मन्त्री, रञ्जु झा र हसिना खानले राज्य मन्त्रीको सपथ लिन बुझिएको छ । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव सरकारबाट बाहिरिएपछि अशोक राई नेतृत्वको नवगठित जसपा सरकारमा सहभागी भएको हो ।


सम्बन्धित समाचार