Logo

१८ मंशिर, बारा । बेहुली लिएर घर फर्किने क्रममा बेहुलाको गाडि बाराको जीतपुरमा दुर्घटनामा परेको छ ।

जीतपुरबाट वीरगञ्ज तर्फ जादै गरेको कार जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ७ गढिमाई मन्दिर नजिक टयाक्टरमा ठोकिएर दुर्घटनामा परेको थियो ।

दुर्घटनामा परी कारको अगाडि भागमा क्षती भएपनि कुनै मानवी क्षती नभएको प्रहरीले जनाएको छ । प्रदेश ३–०१–०२३ च ८२४६ नम्बरको कार ना १ त ९४२१ नम्बरको टयाक्टरमा ठोक्कीदाँ दुर्घटना भएको ईलाका प्रहरी कार्यालय जीतपुरले जनाएको छ ।

दुर्घटनामा घाइते भएकाहरू वीरगञ्ज स्थित मेडिसिटि बयोधा अस्पतालमा समान्य उपचारपछि घर फर्किएका छन् ।

प्रहरीको अनुसार बेहुला बेहुली चढेको कारको एयर व्यागले सबैको ज्यान जोगिएको ईलाका प्रहरी कार्यालय जीतपुरका बरिष्ठ प्रहरी नायब निरिक्षक कलम शाहीले जानकारी दिए । दुर्घटना ग्रस्त गाडि ईलाका प्रहरी कार्यालय जीतपुरको नियन्त्रणमा रहेको छ ।


सम्बन्धित समाचार