Logo

२० मंसिर, बारा । बाराको पथलैयास्थित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयमा कार्यरत ट्राफिक प्रहरी सहायक हवल्दारको मोटरसाईकल दुर्घटनामा मृत्यु भएको छ ।

मृत्यु हुनेमा पर्साको बिन्दाबासनी गाउँपालिका निवासी शशीकान्त चौरसिया रहेका छन । चौरसिया मंसिर १० गते मोटरसाईकल दुर्घटनामा परेका थिए । कार्यालयबाट वीरगन्जतर्फ जाने क्रममा चौरसियाले चलाएको मोटरसाईकल दुर्घटनामा परेको थियो ।

गम्भिर घाईते चौरसियाको महाराजगंजस्थित नेपाल प्रहरी अस्पतालमा उपचारका क्रममा निधन भएको हो । ट्राफिक सहायक हवाल्दा्र चौरसिया लामो समय देखि बाराका बिभिन्न ठाउँहरुमा कार्यरत रहेका थिए ।


सम्बन्धित समाचार