Logo

२२ मंसिर,काठमाडौं । भारतको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) ले प्रधानमन्त्री नरेन्द्र मोदीको गृहराज्य गुजरातमा फेरी पनि भारी बहुमतसहित सरकार बनाउने भएको छ ।गत साता गुजरात र हिमाञ्चल विधानसभाका लागि भएको निर्वाचनको आज बिहिबारदेखि सुरु गरिएको मतगणनामा भाजपाले गुजरातमा यसअघिको भन्दा बढी सिट जित्ने देखिएको हो ।

गुजरात विधान सभाको १ सय ८२ सदस्य मध्ये भाजपा उम्मेदवारहरू १सय ५० बढी सिटमा अगाडि रहेका छन् । त्यहाँ सरकार गठनका लागि ९२ सिट जित्नुपर्दछ । त्यहाँ भारतीय कांग्रेस आई पार्टीका उम्मेदवारहरू १६ स्थान र यसै पटक गुजरात प्रवेश गरेको आम आदम्मी पार्टी ६ स्थानमा अगाडि रहेको छ ।

अर्को राज्य हिमाञ्चलमा भने सत्तारुढ भाजपा र विपक्षी कांग्रेस आईबीच कडा टक्कर देखिएको छ । हिमाञ्चलका ६८ सिट मध्ये भाजपा र कांग्रेस आईबीच उछिनपाछिन चलिरहेको छ ।


सम्बन्धित समाचार