२४ मंसिर, एजेन्सी । प्रजातान्त्रिक गणतन्त्र कंगोमा कम्तिमा १३१ नागरिकहरू नोभेम्बरमा एम२३ विद्रोही समूहको आक्रमणमा मारिएका राष्ट्र संघको एक अनुसन्धानले फेला पारेको छ । पूर्वी उत्तरी किभु प्रान्तको रुत्सुहुरु जिल्लाको किशिशे र बाम्बो नामक दुई गाउँमा नरसंहार भएको राष्ट्रसंघको प्रतिवेदनले जनाएको छ।
सो आक्रमण विद्रोहीहरूमाथि वर्तमान सरकारले गरेको आक्रमणको बदला भएको राष्ट्रसंघीय अनुसन्धानले जनाएको छ । एम २३ ले नरसंहार अस्वीकार गरेको गरेको छ । तर देशमा रहेको संयुक्त राष्ट्रसंघको मोनुस्को शान्ति मिसनले १०२ पुरुष, १७ महिला र १२ बालबालिकालाई विद्रोही समूहले ‘नागरिक जनसंख्याविरुद्धको प्रतिशोधको अंशको रूपमा’ ‘मनमानी रूपमा मृत्युदण्ड’ दिएको जनाएको छ ।
कम्तिमा २२ महिला र पाँच बालिका पनि बलात्कृत भएको प्रतिवेदनमा उल्लेख छ ।यो हिंसा एफडीएलआरलगायत एम २३ र अन्य सशस्त्र समूहहरू बीचको झडपको बदलास्वरूप रुट्सुर क्षेत्रका दुई गाउँहरू विरुद्ध हत्या, बलात्कार, अपहरण र लुटपाटको अभियानको एक भागको रूपमा गरिएको थियो’, विज्ञप्तिमा भनिएको छ ।
मृतकको वास्तविक संख्या अझ बढी हुन सक्ने अनुमान गरिएको छ ।