Logo

३१ असार, वीरगञ्ज । वीरगञ्ज महानगरपालिका अन्तर्गतका सबै विद्यालय अब बिहान १० देखि साँझ ४ बजे सम्म संचालन गर्न सकिने भएको छ ।

मौसम अनुकुल भइसकेका कारण अब साउन १ गते मंगलबार (भोलि)बाट नियमित कक्षा संचालान गर्न वीरगञ्ज महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले सूचना जारी गरेको छ ।

यसअघि गत वैशाख २० गते एक सूचना जारी गर्दै महानगरले अत्यधिक गर्मी बढेर बालबालिकाको स्वास्थ्यको ख्याल गर्दै विहान कक्षा संचालन गर्न अपिल गरेको थियो । गत बैशाख २० गते देखि नै वीरगञ्ज महानगर अन्तर्गतका सबै सामुदायीक तथा संस्थागत विद्यालय विहान ६ देखि संचालन हुँदै आएको थियो ।

आज विहान शैक्षिक प्रशासन महाशाखा – वीरगंज महानगरपालिका नामक आधिकारिक फेसबुक पेजमा स्टाटस लेख्दै अब महानगर अन्तर्गतका सबै विद्यालय विहान १० बजे देखि साँझ ४ बजे सम्म नियमित कक्षा संचालन गर्न भनेको छ ।


सम्बन्धित समाचार