Logo

१० पुस, काठमाडौं । सत्ता बाडफाँडमा कुरा नमिले पछि माओवादी केन्द्रले एमालेसँग बार्ता शुरु गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री र राष्ट्रपति नेपाली कांग्रेसको बटमलाइन भएको भन्दै पहिलो कार्यकालको प्रधानमन्त्री माओवादीलाई दिन नसक्ने बताएपछि सत्ता गठबन्धन टुटेको हो ।

बालुवाटारमा कुरा नमिले पछि माओवादी केन्द्रका अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओली बिच बालकोटमा बार्ता चलिरहेको छ । एमालेले माओवादी केन्द्रलाई प्रधानमन्त्री दिएर राष्ट्रपति र सभामुख हातपार्ने दाउँमा छ ।

देउवाले पहिलो चरणमा प्रधानमन्त्री दिने बचन तोडेकोले एमालेसँग सत्ता समिमरणमा छलफल शुरुगरेको माओवादी केन्द्रले जनाएको छ । देउवाले पहिले कार्यकालमा आफू नै हुने भन्ने अडान नछोडेपछि दाहाल वचन तोडेको भन्दै बालुवाटारबाट बाहिरिएका थिए । उनी बाहिरिएपछि सत्ता गठबन्धनको बैठक पनि सकिएको छ ।

आजको बैठकमा पनि कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति आफ्नो पार्टीले नै पाउनुपर्ने अडान दोहो¥याएको थियो । ‘अर्को प्रस्ताव हामीले पार्टीको कार्यसमितिबाट पारिन गर्नुपर्ने हुन्छ । त्यो अहिले सम्भव छैन । त्यसैले हामीलाई समर्थन गर्नुहोला,’ बैठकमा कांग्रेसले प्रस्ताव गरेको प्रचण्डको भनाई उद्धृत गर्दै एक नेताले बताए ।

कांग्रेसले आफ्नो अडान परिवर्तन नगरेपछि प्रचण्डसहित नेपाल र झलनाथ बालुवाटारबाट बाहिरिएका छन् । बालुवाटारबाट बाहिरिँदै गर्दा प्रचण्डले माओवादी नेताहरूलाई बैठकबारे ब्रिफिङ गरेका थिए । ‘कांग्रेसले गठबन्धन टुटायो भन्ने अध्यक्षको भनाई थियो,’ ती नेताले भने ।

माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले भने, ‘कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवै पद नछाड्ने अडान लिएर गठबन्धन चाहिंदैन भनेजस्तो गरेपछि कुरा मिलेन ।’
बहुमतसहित सरकारको नेतृत्वमा दाबी गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको सात दिनको समयसीमा आज साँझ ५ बजे सकिने भएकाले त्यसअघि नै शक्ति बाँडफाँटमा सहमति खोज्न नेताहरु प्रयासरत छन् । सहमति खोज्ने प्रयासमा शीर्ष नेताहरुबीच अलग–अलग र संयुक्त बैठक हुँदै आएको छ ।

नेपाली कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री पद छाड्न नसकिने अडान लिएपछि नेकपा माओवादी केन्द्रले नेकपा एमालेसँग संवाद थालेको छ । वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देव गुरुङलगायतका नेताले एमाले नेताहरुसँग संवाद सुरु गरेका छन् । एक पदाधिकारी भन्छन्, ‘राष्ट्रपति र प्रधानमन्त्री दुबै नछाड्ने कांग्रेसको अडानपछि गठबन्धन संकटमा देखिएको छ, त्यसैले एमालेसँग पनि संवाद सुरु गरेका हौं ।’


सम्बन्धित समाचार