Logo

१० पुष, वीरगञ्ज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीमा दावी पेश गर्ने भएका छन् । एमाले लगायतका दलले नयाँ सत्ता समिकरण गर्दै माओवादी संसदीय दलका नेता पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउने सहमति गरेपछि प्रचण्डले आजै राष्ट्रपति समक्ष प्रधानमन्त्री दावी गर्ने भएका हुन ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आइतबार बसेको बैठकले दाहाललाई आधा कार्यकालका लागि प्रधानमन्त्रीको रुपमा अघि सारेको हो । साढे २ वर्षपछि एमालेले प्रधानमन्त्री लिनेछ ।

बैठकमा सहभागी माओवादी नेता वर्षमान पुनका अनुसार दाहाललाई प्रधानमन्त्रीमा अघि सार्दै राष्ट्रपतिसमक्ष आइतबारै दाबी पेश गर्ने सहमति भएको बताए ।

दाहाललाई एमालेका ७८, माओवादीका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राप्रपाका १४, जसपा १२ र अन्य साना दलको समेत समर्थन जुटेको बताइएको छ ।

सिके राउत नेतृत्वको जनमत पार्टीले पनि नयाँ गठबन्धनलाई सघाउने छ । जनमत पार्टीका महासचिव चन्दन सिंहले सरकार बनाउने प्रक्रियामा आफूहरुले समर्थन गर्ने बताए । जनमत पार्टीका ६ जना सांसद छन् ।यस्तै, नागरिक उन्मुक्ति पार्टी पनि जोडिनेछन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीका लागि दाबी पेश गर्न दलहरुलाई दिएको समयसीमा आइतबार ५ बजे सम्मका लागि छ ।

 


सम्बन्धित समाचार