Logo

११ पुष, वीरगञ्ज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा आठ सदस्यीय मन्त्रीपरिषद् गठन हुने भएको छ । प्रचण्डले तीन उपप्रधानमन्त्रीसहित सात मन्त्रीलाई नियुक्त गरेर आजै शपथको कार्यक्रम तय भएको हो ।

प्रचण्डका स्वकीय सचिव रमेश मल्लले राष्ट्रपति भवन शीतल निवासमा आठ जनाले शपथ लिने तय भएको जानकारी दिए । जसअनुसार उपप्रधानमन्त्रीमा एमालेका विष्णु पौडेल, माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने हुनेछन् ।

विष्णु पौडेलले अर्थ,रवि लामिछाने गृह र नारायणकाजी श्रेष्ठले भौतिक योजना तथा यातायात व्यवस्था मन्त्रालय पाउने तय भएको छ । अन्य मन्त्रीहरु भने सपथग्रहण पछि मात्र मन्त्रालय तोकिने छ ।

शीतल निवासमा पठाइएको सूचीअनुसार प्रधानमन्त्रीसहित माओवादीबाट २ जना, एमालेबाट ४ जना, राष्ट्रिय स्वतन्त्र पार्टीबाट १ जना तथा जनमत पार्टीबाट १ जना मन्त्री बन्नेछन् ।


सम्बन्धित समाचार