Logo

३१ भदौ,काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनको मूल्य बढेको छ ।

आज सुन तोलामा पाँच सय रुपैयाँले बढेर १ लाख ५७ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५६ हजार ८ सय रुपैयाँ कायम भएको थियो।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। चाँदीको मूल्य १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ९१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।


सम्बन्धित समाचार