Logo

१ असोज,वीरगञ्ज । सामाजिक सञ्जाल मार्फत समाजमा अराजक गतिविधि फैल्याउने कार्यमा संलग्न रहेको अभियोगमा एक जना युवक पक्राउ परेका छन् । वीरगन्ज महानगरपालिका–१५ लक्ष्मणवा बस्ने २१ वर्षीय ओम कुमार पटेललाई मंगलबार प्रहरीले पक्राउ गरेको जानकारी दिएको छ ।

फेसबुक, टिकटक, इन्स्ट्राग्राम, ट्विटर, वाह्टस्एप, म्यासेन्जरमा किंग अफ पर्सा भन्ने आईडी मार्फत अपशब्द प्रयोग गर्ने, गाली गर्ने, हातहतियारको प्रदर्शन गरी डर त्रास सृजना गर्ने, अराजक गतिविधि गरी समाजमा द्वन्द्वको सिर्जना गर्ने जस्ता असामाजिक र अनैतिक क्रियाकलापमा संलग्न पटेललाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले वीरगन्ज महानगरपालिका–१५ प्रतिमाचोक नजिकबाट पक्राउ गरेको हो ।

प्रहरीले उनीविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसूरमा थप अनुसन्धान गर्नुको साथै यस्ता गतिविधिमा संलग्न अन्य व्यक्तिहरूको समेत खोजी गरिरहेको छ ।


सम्बन्धित समाचार