Logo

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 80

५ असार, काठमाडौं । एसियाली विकास बैंक (एडिबी) ले नेपालका विभिन्न नगरपालिकामा खानेपानी आपूर्ति तथा सरसफाइ प्रणालीलाई सुदृढ तुल्याउन ११ करोड ५० लाख अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण स्वीकृत गरेको छ ।

‘एकीकृत खानेपानी आपूर्ति तथा ढल व्यवस्थापन परियोजना’ अन्तर्गत सञ्चालन हुने यस कार्यक्रमले देशका १३ जिल्लाका करिब ८ लाख ५० हजारभन्दा बढी नागरिकलाई प्रत्यक्ष लाभान्वित बनाउने लक्ष्य राखेको छ ।

तीव्र सहरीकरणका कारण खानेपानी र आधारभूत सरसफाइको अभाव झेल्दै आएका सहरी समुदायलाई लक्षित गरी यो परियोजना अघि बढाइएको हो । एडिबी नेपालका कन्ट्री डाइरेक्टर आर्नो कोश्वाले तीव्र सहरी चापका कारण आधारभूत सेवाबाट वञ्चित समुदायमा स्वच्छ खानेपानी र सरसफाइको पहुँच विस्तार गर्न यो परियोजना कोशेढुंगा सावित हुने विश्वास व्यक्त गर्नुभएको छ ।

यस ऋण सहायताले नेपालको सहरी पूर्वाधार विकासमा महत्वपूर्ण टेवा पुर्‍याउने र जनस्वास्थ्यका क्षेत्रमा सुधार ल्याउने अपेक्षा गरिएको छ ।


सम्बन्धित समाचार