२ असोज,काठमाडौं। संविधान विरोध गतिविधि हुनसक्ने भन्दै सुरक्षा निकायहरुले उच्च सतर्कता अपनाएका छन् ।
विशेषगरी काठमाडौं उपत्यकाका तीन जिल्ला सुरक्षा निकायहरुले उच्च सतर्कता अपएका हुन् । काठमाडौं, ललितपुर र भक्तपुरमा लक्षित गर्दै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग गरी चार वटै सुरक्षा निकायले सतकर्ता अपनाएका हुन् ।
संविधान विरोधी गतिविधि हुनसक्ने भन्दै नेपाली सेनाको सैनिक गुप्तचर महानिर्देशनालय (डीजीएमआई)ले समेत यसरबो सूचना संलकन गरेको छ । बाँकी तीन वटै सुरक्षा निकायले पनि सूचना संकलन गर्नुका साथै उपत्यका प्रहरी परिचालनको संख्या पनि बढाइएको छ ।
प्रहरी स्रोतका अनुसार सुरक्षा थ्रेट हुनसक्ने समूह तथा व्यक्तिको समेत पहिचान गरेर सोही अनुसार सुरक्षा प्रबन्ध मिलाइएको छ । प्रहरी स्रोतका अनुसार संविभधान दिवस लक्षित करिब एक दर्जन समूहले विरोधका कार्यक्रम गर्ने तयारी गरेका छन् ।
संविधान दिवसको अवसरमा दरबारमार्गमा विशेष कार्यक्रम गर्न लागिएको छ । त्यस लक्षति कुनै गतिविधि हुन सक्ने भन्दै प्रहरीले सतर्कता अपनाएको छ ।
भोलिका सुरक्षाका लागि काठमाडौं उपत्यकाका तीन जिल्ला २ हजार भन्दा बढी प्रहरी परिचालन गर्न लागिएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीका एआईजी किरण बज्रचार्यले बताइन् ।
‘सादा पोशाकदेखि अन्य विभिन्न ड्युटीमा गरेर थप मदत समेत मागेर २ हजार भन्दा बढी प्रहरी परिचालन गर्ने गरी सुरक्षा प्रबन्ध गरेका छौं’ एआईजी बज्रचार्यले भनिन् ।