Logo

१४ पुष, वीरगञ्ज । सर्लाही क्षेत्र नम्बर ३ (१) का प्रदेश सभा सदस्य जवाहरलाल कुशवाह नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् ।

गत मंसिर ४ मा सर्लाही क्षेत्र नम्बर ३ (१) बाट स्वतन्त्र उम्मेदवारी दिई प्रदेश सभा सदस्यमा निर्वाचित भएका कुशवाह नेकपा माओवादी केन्द्रका अध्यक्ष एंव प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको हातबाट टिका लगाएर माओवादी केन्द्रमा प्रवेश गरेका हुन ।

निर्वाचनमा गठबन्धनका कारण माओवादी पार्टीले टिकट नदिएपछि कुशवाहाले स्वतन्त्र रुपमा उमेदवार बनेका थिए । उनी केही समय पहिला नेपाली कांग्रेसबाट माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।

आफुलाई सर्लाही क्षेत्र नम्बर ३ प्रदेश सभा १ का जनताले धेरै विश्वास र माया गर्नुका साथै धेरै अपेक्षा गरेका कारण त्यो अपेक्षा पुरा गर्न माओवादी केन्द्रमा प्रवेश गरेको प्रदेश सभा सदस्य कुशवाहले बताए ।

उनले चुनावी प्रचार प्रसारको क्रममा पनि आफ्नो चुनाव चिन्ह जेब्रासंगै माओवादी केन्द्रको चुनाव चिन्ह गोलाकारि भित्र हँसिया हथौडा समेत राखेर चुनाव प्रचार प्रसार गरेका थिए ।

उनले निवर्तमान प्रदेश सभा सदस्य एवम पाँच दलिय गठबन्धनका साझा उम्मेदवार डिल्ली प्रसाद उप्रेती र नेकपा (एमाले)का उममेदवार हरिवन नगरपालिकाका निवर्तमान नगर प्रमुख गणेश प्रसाईलाई पराजीत गरेका थिए ।
मधेस प्रदेशमा कुशुवाहा प्रवेश गरेपछि माओवादी केन्द्रको सिट संख्या ९ पुगेको छ ।


सम्बन्धित समाचार