१३ कात्तिक,काठमाडौं। आज सुनको मूल्य नयाँ कीर्तिमान कायम भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन तोलामा १५ सयले बढेर तोलाको एक लाख ६८ हजार ५ सयमा कारोबार भएको छ। यो सुनको अहिलेसम्मको उच्च मूल्य हो।
यसअघि सोमबार सुन तोलाको एक लाख ६७ हजारमा कारोबार भएको थियो। त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला ४० रुपैयाँले बढेर २१०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।


















