Logo

२७ कात्तिक,काठमाडौं । नेपाली बजारमा फेरि सुनको मूल्य ह्वात्तै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज सुनको भाउ प्रतितोला २४०० रुपैयाँले घटेको हो ।

आज प्रतितोला १ लाख ६२ हजार ६ सय रुपैयाँमा सुनको कारोबार भैरहेको महासंघले जनाएको छ । अघिल्लो दिन सोमबार प्रतितोला १ लाख ६५ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यसअघि कात्तिक १५ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो ।

आज चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १९५५ रुपैयाँ रहेको चाँदी आज १९२५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।


सम्बन्धित समाचार