Logo

२ माघ, काबुल । अफगानिस्तानमा एक पूर्वसांसदको गोली हानी हत्या भएको छ। समाचार संस्था रोयटर्सका अनुसार ३२ वर्षीया मरसल नविजादाको हत्या भएको हो ।

काबुलस्थित आफ्नै घरमा बसिरहेका वेला उनीमाथि गोली हानिएको थियो । आक्रमणकारीले पूर्वसांसद नविजादासँगै उनका सुरक्षागार्डको पनि हत्या गरेका छन् । गोली लागेका नविजादाका भाइ भने खतरामुक्त रहेको बताइएको छ ।

नविजादा सन् २०१८ मा काबुलबाट तत्कालीन संसद्को तल्लो सदनमा निर्वाचित भएकी थिइन् । तर, सन् २०२१ को अगस्टमा तालिबानले सत्ता कब्जा गरेसँगै उनी पदमुक्त भएकी थिइन् । अमेरिकी सैनिक फिर्ता र तालिबानद्वारा काबुल कब्जा भएपछि धेरै राजनीतिज्ञले अफगानिस्तान छोडे पनि उनी स्वदेशमै बसिरहेकी थिइन् ।


सम्बन्धित समाचार