Logo

मधेश प्रदेशको सभामुखमा सत्ता गठबन्धन दल एमालेका सांसद रामचन्द्र मण्डल निर्वाचित भएका छन् ।

मंगलबार प्रदेश सभामा सभामुखको लागि भएको निर्वाचनमा मण्डलले बहुमतले सांसदको समर्थन प्राप्त गरे । सभा उपस्थित एक सय तीन सांसदमध्ये मतविभाजन हुँदा मण्डललको पक्षमा ७४ सांसद रे । उनको विपक्षमा २९ सांसद देखिए ।

मण्डल धनुषा निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश सभा ९२०बाट प्रदेश सभामा निर्वाचित भएका हुन् । एकीकृत समाजवादीको समर्थनमा कांग्रेसका जंगिलाल यादवले पनि उम्मेदवारी दिएका थिए । मण्डल निर्वाचित भइसकेकाले यादवको प्रस्ताव सभामा निर्णणार्थ पेश भएन ।

लामो समय शिक्षक पेशमा आवद्ध मण्डल जनयुद्धकै क्रममा माओवादीमा प्रवेश गरेका थिए । माओवादीबाट उनी ०७४ सालको निर्वाचनमा धनुषा निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश सभा ९२० बाट उम्मेदवार बनी निर्वाचित भएका थिए । तत्कालीन नेकपा विभाजन हुँदा उनी माओवादी छोडर नेकपा एमालेतिर लागेका हुन् ।


सम्बन्धित समाचार