Logo

६ माघ, ठोरी पर्सा । पर्साको ठोरी गाउँपालिकाले तामाङ समुदायको नयाँ वर्ष सोनाम ल्होछारको अवसरमा ३ दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

ठोरी गाउँपालिकामा तामाङ समुदायको बाहुल्यता रहेको क्षेत्र भएकोले ३ दिनको लागि विदा दिने निर्णय भएको पालिकाका अध्यक्ष लाल बहादुर श्रेष्ठले बताए ।

सोनाम ल्होछारलाई भव्य रुपले मनाउन माघ ७ गतेदेखि ९ गतेसम्म ३ दिन पालिकाभित्रका सम्पुर्ण सरकारी कार्यालयहरुमा बिदा दिने निर्णय भएको गाउँपालिकाले जनाएको छ ।

देशभरका तामाङ समुदायले आगामी माघ ८ गते २८५९ औं सोनाम ल्होछार मनाउदै छन् । बाघ वर्षलाई बिदाई गरेर बिरालो वर्षको स्वागत गर्दै तामाङ समुदायले ल्होछार मनाउन लागेका हुन्। ठोरी गाउँपालिकामा अघिल्ला वर्षहरुमा पनि सोनाम ल्होछारमा ३ दिन बिदा दिइदै आएको थियो


सम्बन्धित समाचार