Logo

५ चैत,काठमाडौं । आज बिहान २५ करोड रुपैयाँसहित पक्राउ परेका व्यक्ति सिन्धुपाल्चोकका ३९ वर्षीय कुसान लामा रहेको खुलेको छ । काठमाडौंको झोर क्षेत्रबाट पक्राउ परेका लामा यसअघि सुन तस्करी प्रकरणमा पनि समातिएका थिए ।

प्रहरीका अनुसार लामा २०७८ सालमा ७ किलो सुनसहित कलंकीबाट पक्राउ परेका थिए । उनलाई रसुवाबाट गल्छी हुँदै काठमाडौं आइरहेको बा ८ च ७४२० नम्बरको हाइलक्स गाडीबाट प्रहरीले पक्राउ गरेको थियो ।

आज बिहान ना ७ ख १६५२ नम्बरको ट्रकमा फल्स बटम बनाएर रकम राखेर केरुङतर्फ जाने क्रममा प्रहरीले उनलाई पक्राउ गरेको हो । उनीमाथि थप अनुसन्धान जारी छ । प्रहरीले यसबारे आजै पत्रकार सम्मेलन गरेर विस्तृत विवरण सार्वजनिक गर्ने जनाएको छ ।


सम्बन्धित समाचार