Logo

२१माघ,वीरगञ्ज । प्रेस चौतारी नेपालको माघ २९ गते हुने केन्द्रिय कमिटीको बैठक तथा कार्यशालाको तयारी अन्तिम चरणमा पुगेको प्रेस चौतारीका पर्सा अध्यक्ष श्याम बंजाराले जनाएका छन् ।

कार्यक्रमका लागि पर्साका शाखामा ६ वटा उपसमितिको संयोजक तोकिएको यस अन्तर्गत आवास व्यवस्थापन उपसमितिले आफनो पहिलो चराणको कार्य सम्पन्न गरेको अध्यक्ष बंजाराले जानकारी दिनु भयो ।

आवास व्यवस्थापन उपसमितिका संयोजक तुल्सी भण्डारीले अतिथिहरुको बसोबासका लागि बिभिन्न होटलहरुमा ८५ बटा कोठा व्यवस्थापन गरिएको तथा केन्द्रबाट आउने १५१ सदस्य टोली सहित पर्सा, बाराका सदस्यका लागि पुग्ने गरी खाद्य व्यवस्थापन गरिएको जनाएका छन् ।

वीरगञ्जमा शनिबार भएको उपसमितिको संयोजकको बैठकले आफनो जिम्मेवरीका कामहरु द्रुतगतिमा गईरहेकोे प्रेस चौतारी नेपालका पर्सा सचिव राजेन्द्र सिंहले जनाएका छन् ।

बैठकमा आवास व्यवस्थापन उपसमितिका संयोजक तुल्सी भंडारी, प्रचार प्रसार उपसमितिका संयोजक कबिता खड्का, मञ्च व्यवस्थापन समितिका संयोजक सफल खतिवडा, आर्थिक व्यवस्थापन समितिका संयोजक श्याम बंजारा, खाद्य व्यवस्थापन समितिको संयोजक ग्यासु मिया देवान, चौतारीका नेता लालबाबु शेख, के.सी लामिछाने, प्रदेश कोषध्यक्ष जितेन्द्र साह, सदस्य अरोहण साहलगायतको उपस्थीति रहेको थियो । वीरगञ्जको क्लासीक ब्याक्विटमा भव्यरुपमा कार्यक्रम हुने जनाईएको छ ।

यसै बिच, आईतबार प्रेस चौतारी नेपालको आफ्नौ २५ औं स्थापनमा दिवसको अवसरमा प्रभातफेरी गर्ने भएको छ ।

वीरगञ्ज घण्टाघरमा आईतबार बिहान ८ बजे देखि प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको सचिव राजेन्द्र सिंहले जनाएका छ ।

 


सम्बन्धित समाचार