Logo

२४ माघ, वीरगञ्ज । मधेश प्रदेश सरकारमा सहभागी उद्योग, पर्यटन तथा वन मन्त्रीमा नियुक्त सुनिता यादव र राज्यमन्त्रीमा नियुक्त रहवर अन्सारीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

उहाँहरू दुवै जना नेकपा (माओवादी केन्द्र)को तर्फबाट सरकारमा सहभागी हुनुभएको हो ।प्रदेश प्रमुखको कार्यालयमा आज आयोजित एक कार्यक्रमकाबीच मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रसमक्ष मन्त्री यादवले मैथली भाषामा पद तथा गोपनीयताको शपथ लिनुभयो ।

मन्त्रीको शपथ ग्रहणपछि मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवसमक्ष प्रदेश प्रमुख मिश्रको उपस्थितिमा उद्योग, पर्यटन तथा वनराज्य मन्त्री अन्सारीले भोजपुरी भाषामा शपथ लिनुभयो ।

कार्यक्रममा मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल, भौतिक पूर्वाधार मन्त्री सरोजकुमार यादवसहितका प्रदेशका मन्त्री, सांसद र उच्च पदस्थ कर्मचारीको सहभागिता थियो ।

मुख्यमन्त्री यादवले तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेपछि नेकपा (माओवादी केन्द्र) सरकारमा सहभागी भएको हो । योसँगै मुख्यमन्त्री यादव नेतृत्वको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ ।

 


सम्बन्धित समाचार