Logo

३ फागुन, वीरगञ्ज । वीरगञ्ज स्थित श्री नृसिंह मा.बि पिपरा मठ वीरगञ्जको सभाहलमा टेक्निकल टिचर एसोसिएसन पर्साको जिल्ला अधिवेशन सम्पन्न भएको छ।

टेक्निकल टिचर एसोसिएसन मधेस प्रदेशका सचिव अनन्त प्रसाद चौधरीको अध्यक्षतामा सम्पन्न भएको उक्त अधिवेशनबाट ११ सदस्य टेक्निकल टिचर एसोसिएसन पर्साको समिति चयन भएको छ।

जसमा अध्यक्ष संजय कुमार सक्सेना, उपाध्यक्ष अजय कुमार महतो, कोषाध्यक्ष अभिषेक यादव, सचिव सरोज कुमार उपाध्याय, सहसचिव राहुल कुमार साह, सदस्यहरुमा संतोष साह, श्याम सुन्दर कुशवाहा, समसोदिन अंसारी, विकास पटेल, मुकेश कुमार महतो, धर्मनाथ कुमार झा लगायतका पर्सा जिल्ला समिति चयन गरिएको छ।

उक्त जिल्ला अधिवेशनमा शिक्षक शेषनाथ प्रसाद चौधरी, आशुतोष यादव, वावुनन्द पटेल, संदिप कुमार चौरसिया, रवि कुमार गुप्ता,शम्भु साह ,राजकिशोर प्रसाद कानु लगायतका पर्सा जिल्लाका विभिन्न बिधालय शिक्षकहरुको सहभागिता रहेको थियो

जिल्ला अधिवेशन कार्यक्रमका प्रमुख अतिथि टेक्निकल टिचर एसोसिएसन मधेस प्रदेश का संस्थापक सचिव ई.राजेश यादवको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशन सम्पन्न भएको टेक्निकल टिचर एसोसिएसन समितिका सहसचिव राहुल कुमार साहले बताए।


सम्बन्धित समाचार