Logo

५ फागुन, काठमाडौँ — एमाले विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को अध्यक्षमा समिक बडाल निर्वाचित भएका छन् । बडालले ९ सय ६२ मत ल्याएका छन् भने उनका प्रतिद्वन्द्वी आरसी लामिछानेले ३५६ मत प्राप्त गरेका छन् ।

यस्तै उपाध्यक्षमा गोविन्द गिरी ७६३ मत, नारायण घर्ती ७५१, मर्यादा विष्ट ६७५ र धर्म गिरी ५०१ मत, निर्वाचित भएका छन्। महासचिवमा नरेश रोकाया सात सय ३३ मत प्राप्त गरी विजय भए । यस्तै सचिवमा सञ्जीव धिताल, सुजन कडरिया, प्रकाश पौडेल, दिपेश प्रसाई, अञ्जना सिवाकोटी, आरती भट्टराई र विनिता काफ्ले तथा कोषाध्यक्षमा सङ्गम अर्याल निर्वाचित भएका छन् ।

अधिकृत खकुरेलका अनुसार मतदान ४२ विद्युतीय मेसिनबाट गरिएको थियो । निर्वाचनबाट आगामी दुई वर्षका लागि १७ पदाधिकारीसहित १९९ सदस्यीय केन्द्रीय कमिटी र तीन आयोग (अनुशासन, लेखा र निर्वाचन) मा १५ जनाको दरले पदाधिकारी निर्वाचित भएका छन् । महाविधेशनमा एक हजार पाँच सय ८८ प्रतिनिधि सहभागी थिए ।


सम्बन्धित समाचार