Logo

१३ फागुन,काठमाडौँ । राष्ट्रपतिको निर्वाचनमा आठ दलले नयाँ गठबन्धन बनाएका छन् । गठबन्धन चुनावको दिनसम्म नभत्केमा यसबाट उठेका उम्मेदवारको पक्षमा स्पष्ट बहुमत पुग्ने देखिएको छ । शुक्रबार बनेको गठबन्धनमा कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी, जसपा, लोसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति र राष्ट्रिय जनमोर्चा छन् ।

यी दलका सांसदहरुको मतभार जोड्दा स्पष्ट बहुमत पुग्नेछ । राष्ट्रपति निर्वाचनमा प्रदेश सभा, प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरु मतदाता हुन्छन् ।

मतदाता रहेका कुल सांसदहरुको मतभार ५२ हजार ६ सय २८ छ । त्यसको पचास प्रतिशत मत कटाउने निर्वाचित हुन्छन् । त्यसैले निर्वाचित हुनका लागि न्यूनतम २६ हजार ३ सय १५ मत आवश्यक पर्छ ।

शुक्रबार बनेको गठबन्धनको पक्षमा रहेका सांसदहरुको मतभार ३१ हजार ९१७ हुन्छ । त्यसैले यो गठबन्धन चुनावको दिनसम्म नभत्केमा यसैबाट बनेका उम्मेदवार राष्ट्रपति बन्ने निश्चित हुन्छ ।सभार— कान्तिपुर

 


सम्बन्धित समाचार