Logo

१३ फागुन, काठमाडौं । नेकपा(एमाले)का उपाध्यक्ष सुवास नेम्वाङले राष्ट्रपतिमा उम्मेदवारी दिएका छन् । उनले शनिबार दिउँसो नयाँ बानेश्वरस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गरेका हुन् ।

नेम्वाङको प्रस्तावकमा अध्यक्ष केपी शर्मा ओली, पृथ्वीसुब्बा गुरूङ, गोकर्णराज विष्ट, रघुबीर महासेठ र छविलाल विक रहेका छन् भने समर्थकमा योगेश भट्टराई, टोपबहादुर रायमाझी, जुलीकुमारी महतो महासेठ, दिलकुमारी रावल थापा र अमन कुमार मास्के रहेका संसद सचिवालयले जनाएको छ ।

 

आज शनिबार बिहान बसेको एमाले सचिवालय बैठकले नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो ।पूर्वसहमति अनुसार राष्ट्रपति एमालेलाई दिन सत्ता गठबन्धन असहमत भएर पुरानै गठबन्धन ब्युँतिएपछि एमालेबाट राष्ट्रपतिमा नेम्वाङले उम्मेदवारी दिएका हुन् ।


सम्बन्धित समाचार