Logo

फाइल तस्वीर

२५ फागुन,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राष्ट्रपति निर्वाचनमा रामचन्द्र पौडेललाई मतदान गर्ने निर्णय गरेको छ। रास्वपाको बिहीबार बसेको बैठकले पौडेललाई मतदान दिने निर्णय गरेको हो।

निर्वाचन आचारसंहिताका कारण रास्वपाले निर्णय सार्वजनिक नगरेको हो।रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले लोकतन्त्रलाई बलियो बनाउन र व्यवस्थालाई रक्षा गर्ने भूमिका निर्वाह गर्ने व्यक्तिलाई मतदान गर्ने निर्णय भएको जानकारी दिए।

रास्वपामा १९ सांसद् छन्। राष्ट्रपतिमा कांग्रेसका नेता रामचन्द्र पौडेल र एमाले उपाध्यक्ष सुबासचन्द्र नेम्वाङ उम्मेदवार बनेका छन्।राष्ट्रपति निर्वाचनका लागि बानेश्वरस्थित संसद् भवन परिसरमा सङ्घीय सांसद र प्रदेश सांसदका लागि छुट्टाछुट्टै मतदान केन्द्र तोकिएको छ।

बिहान १० बजेबाट मतदान जारी रहेको छ। यस पटक पनि संघीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ रहेको छ ।
मतदान सम्पन्न भएलगत्तै मतगणना प्रारम्भ हुने छ।


सम्बन्धित समाचार