Logo

काठमाडौं । राष्ट्रपति पदका लागि भएको निर्वाचनका मतदान प्रक्रिया सकिएको छ । बिहीबार बिहान १० बजेबाट सुरु भएको मतदान प्रक्रिया अपरान्ह ३ बजेसम्मका लागि समय तोकिएको थियो ।

कुल आठ सय ८२ मतदाता रहेको प्रदेशतर्फ ५५० मध्ये ५१८ र संघतर्फका ३३२ रहेकोमा ३१३ मत खसेको छ। राष्ट्रपति निर्वाचनमा एमालेबाट सुवासचन्द्र नेम्वाङ र नौद लीय गठबन्धनबाट रामचन्द्र पौडेल प्रतिस्पर्धामा छन् । ४ बजेदेखि मतगणना सुरु गरिने निर्वाचन आयोगले जानकारी दिएको छ ।

संघीय संसद र प्रदेश सभाको अलगअलग मतगणना हुने छ भने मतगणनामा उम्मेदवारका निर्वाचन प्रतिनिधि र एकएक जना गणना प्रतिनिधि रहनेछन् । मतगणना पश्चात विजयी उम्मेदवारलाई आजै प्रमाणपत्र बितरण गरिने छ ।

रामचन्द्र पौडेलको तर्फबाट रमेश लेखक र सुबासचन्द्र नेम्वाङको तर्फबाट महेश बर्तौला प्रतिनिधि छन् ।


सम्बन्धित समाचार