Logo

२७ फागुन,काठमाडौँ । सत्ता गठबन्धनबाट उपराष्ट्रपतिमा ३ जनाले उम्मेदवारी दर्ता गर्ने भएका छन् । शनिबार बिहान प्रधानमन्त्री निवासमा बसेको गठबन्धनको बैठकमा सहमति नजुटेपछि जनमत पार्टीबाट १ जना र जनता समाजवादी पार्टीबाट २ जनाले उम्मेदवारी दिने भएका हुन् ।

बैठकमा सहभागी जनमत पार्टीका उपाध्यक्षसमेत रहेका खानेपानी मन्त्री अब्दुल खानले जनमतबाट ममता झा र जसपाबाट रामसहायप्रसाद यादव र प्रमिला यादवले उम्मेदवारी दिने तय भएको बताए ।शनिबार बसेको १० दलीय बैठकमा दलहरुले आफ्नो–आफ्नो दाबी गर्दा बैठकले एकल उम्मेदवार उठाउन नसकेको हो ।

उपराष्ट्रपतिको निर्वाचनमा महिला नै उम्मेदवार हुनुपर्ने खालको निर्णय निर्वाचन आयोगले गरेको र संविधानको मर्म पनि सोही रहेको भन्दै जनमत पार्टीले ममता झालाई उपराष्ट्रपतिमा मनोनयन दर्ता गर्ने अध्यक्ष चन्द्रकान्त(सीके) राउतले बताए ।नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले भने अझै पनि उम्मेदवारी फिर्ता गराएर सहमतिको प्रयास हुने बताएका छन् ।

सत्ता गठबन्धनमा यसअघि नै उपराष्ट्रपति जसपालाई दिने सहमति भएको थियो । तर गठबन्धनबाटै जनमतले पनि दाबी नछाडेपछि समस्या उत्पन्न भएको हो ।जसपाको केन्द्रीय कार्यकारिणि समितिले यसअघि नै रामसहायप्रसाद यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

तर निर्वाचन आयोगले उपराष्ट्रपतिमा पुरुष र खस आर्य समुदायबाहेकका उम्मेदवार हुनुपर्ने स्पष्ट पारेपछि जसपाले प्रमिला यादवलाई समेत उठाउने भएको हो । जसपा नेता प्रदीप यादव पनि आइतबारसम्म सहमतिको प्रयास हुने बताउँछन् । गठबन्धनमा आफूहरूले उपराष्ट्रपति पाउने सहमति भएकाले जसपाको मात्र एकल उम्मेदवार हुने सम्भावना रहेको उनको भनाइ छ ।सभार— कान्तिपुर

 


सम्बन्धित समाचार