Logo

२७ फागुन,वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगञ्जको आर्दशनगरमा रहेको पिन्की गुट्का उद्योगमा सिलबन्दी गरेको छ ।

जिल्ला प्रशासन कार्यालय पर्साका प्रतिनिधि सहित खटिएका पर्सा प्रहरीको टोलीले सो उद्योगको गोदाममा छापामारी सिलबन्दी गरेको हो । वीरगञ्ज–१० आर्दशनगर पछाडि रहेको निरन्जन अग्रवालले संचालन गर्दै आएको उद्योगको गोदाममा बिहिबार साँझ प्रहरीले छापा हानेको थियो ।

उद्योगले भन्सार छली अवैध रुपले ल्याईएका गुट्खा राखेको विशेष सूचनाको आधारमा छापा हानेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता सूचना अधिकारी दिपक गिरीले जानकारी दिनुभयो । उहाँले भोली आन्तरिक राजश्व कार्यालय तथा भन्सार कार्यालयका प्रतिनिधिहरुको उपस्थितिमा चेकँजाच गरिने बताउनुभयो ।


सम्बन्धित समाचार