Logo

२० असोज, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशका विभिन्न अस्पतालबाट प्राप्त पछिल्लो विवरण अनुसार हाल जेनजी आन्दोलनका क्रममा घाइते भएका ३० जनाको उपचार भइरहेको जानकारी दिएको छ।

सिभिल अस्पतालमा एक जना, राष्ट्रिय ट्रमा सेन्टरमा १० जना, काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालमा तीन जना, त्रिवि शिक्षण अस्पतालमा पाँच जना, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तीन जना, नेपाल प्रहरी अस्पतालमा एक जना र कीर्तिपुर अस्पतालमा एक जना उपचाररत छन्।

त्यसैगरी बी एन्ड बी अस्पतालमा तीन जना, विराट मेडिकल शिक्षण अस्पतालमा एक जना, नोबेल मेडिकल कलेज शिक्षण अस्पतालमा एक जना र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक जना गरी कुल ३० जना उपचाररत रहेको मन्त्रालयले जनाएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार, आन्दोलनका क्रममा उपचारका लागि आएका घाइतेहरूको कुल संख्या दुई हजार ३१६ पुगेको छ जसमा उपचारपछि दुई हजार २३८ जना डिस्चार्ज भइसकेका छन्।

त्यसैगरी, अस्पतालमा आएका र मृत्यु भएका घाइतेहरूको कुल संख्या ४९ रहेको छ। साथै, असोज १२ गतेदेखि हालसम्म जेनजी क्लिनिकमार्फत सेवा प्राप्त गरेका घाइतेहरूको संख्या नौ जना रहेको छ।

स्वास्थ्य मन्त्रालयले घाइतेहरूको उपचार र सेवामा थप समन्वय गरी प्रभावकारी व्यवस्थापन गर्न विभिन्न स्वास्थ्य संस्था र प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रहरूसँग निरन्तर सम्पर्क राखिरहेको जनाएको छ।


सम्बन्धित समाचार