Logo

७ कात्तिक, काठमाडौं।  २३ र २४ भदौमा भएको जेन–जी आन्दोलनका घाइतेहरूको विस्तृत विवरण गृह मन्त्रालयले सार्वजनिक गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्राप्त विवरणका आधारमा तयार गरिएको सूचिमा २,४२९ जना घाइते रहेको जनाइएको छ।

घाइतेहरूको उपचार सरकारले निःशुल्क गर्ने निर्णय गरेको छ। कतिपय अझै अस्पतालमा उपचारकै क्रममा छन् भने सरकारले घाइतेहरूको सुविधा सुनिश्चित गर्न परिचयपत्र वितरण सुरु गरेको छ।

उक्त आन्दोलनमा ७६ जनाले ज्यान गुमाएका थिए। गृह मन्त्रालयले यस घटनापछि घाइतेहरूको अवस्था, उपचार र राहत व्यवस्थामा कडाइका साथ निगरानी राख्ने जनाएको छ।

घाइतेहरूको सूचीः-


सम्बन्धित समाचार