१९ कात्र्तिक, काठमाडौं । आज नेकपा एकीकृत समाजवादी र नेकपा मावादी केन्द्रसहितका वाम दलहरू बृहत् एकताको महाअभियानमा जुटिरहँदा पार्टीकी चर्चित नेत्री रामकुमारी झाँक्रीले भने फरक बाटो रोजेकी छन् ।
पार्टी अध्यक्ष माधवकुमार नेपाल वाम गठबन्धनको एकताको मञ्चतर्फ अग्रसर भइरहँदा झाँक्रीले काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गरी एकीकृत समाजवादीसँगको आफ्नो डेढ वर्ष लामो यात्रा आजैबाट टुङ्गिएको औपचारिक घोषणा गरेकी हुन् । आफ्नो पुरानो घर एमालेबाट विद्रोह गरेर एकीकृत समाजवादी निर्माण गर्दा समेत बीचमै यात्रा छाड्ने अवसर नपाएको भन्दै उनले आज यो प्रक्रिया टुङ्ग्याउँदा एक किसिमको खुसी महसुस भएको अभिव्यक्ति दिएकी छन् ।
उनले संविधान र लोकतन्त्रमाथि संकट आएपछि नयाँ पार्टी बनाउनुपरे पनि एकीकृत समाजवादी सोचेअनुरुप अघि बढ्न नसकेको र जनताको बीचमा गएर चुनावसमेत जित्न नसकेको यथार्थ स्वीकार्दै अब आफूहरूले उपयुक्त मार्ग पहिल्याएर नयाँ यात्रा अघि बढाउने प्रतिबद्धता जनाइन् । यसरी माओवादी केन्द्रसँगको एकताका कारण एकीकृत समाजवादी विभाजनको सँघारमा पुगेको सन्देश दिँदै झाँक्रीले अब आफ्नो राजनीतिक भविष्यका लागि नयाँ ढोका खोलिएको स्पष्ट पारेकी छन् ।
















