Logo

१९ कात्र्तिक, काठमाडौं । काठमाडौँमा १० वटा कम्युनिस्ट पार्टीहरूको बृहत् एकता राष्ट्रिय सम्मेलन औपचारिक रूपमा सुरु भएको छ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा विभिन्न कम्युनिस्ट घटकहरू एकीकृत भई यो महाअभियान अघि बढेको हो । सम्मेलनको औपचारिक सुरुवात पार्टीका शीर्ष नेताहरू प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सहित सबै घटकका नेताहरूले संयुक्त रूपमा रिमोट थिचेर गरेका थिए ।

माओवादी केन्द्रका नेता वर्षमान पुनले जानकारी दिएअनुसार सम्मेलनलाई शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । यो एकता सम्मेलनले पार्टीको विधान अनुमोदन गर्ने, केन्द्रीय कमिटीको संरचना तय गर्ने र निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि आवश्यक निर्णय लिनेजस्ता महत्त्वपूर्ण एजेन्डाहरू तय गरेको छ, जसले नेपालको कम्युनिस्ट राजनीतिमा नयाँ ध्रुवीकरणको आधार तयार पार्ने अपेक्षा गरिएको छ।


सम्बन्धित समाचार