Logo

१३ चैत, वीरगञ्ज । प्रहरीले पर्साको कालिकामाई गाउँपालिकाबाट लागु औषध चरेश सहित एकजनालाई पक्राउ गरेको छ ।

कालिकामाई गाउँपालिका वडा नं. १ तिनडुबिया बस्ने बर्ष ३८ का बृजेश प्रसाद कुर्मीलाई उनको घर भित्र लुकाई राखेको लागु औषध चरेश सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरिक्षक दिपक गिरीले बताए ।

कुर्मीको घरमा लागु औषध चरेश लुकाइ राखेको भन्ने सूचनाको आधारमा इलका प्रहरी कार्यालय पोखरीयाबाट प्रहरी निरीषक मोहन बिक्रम केसीको कमाण्डमा खटीएको प्रहरीले उनको घरमा खानतलासी गर्दा झण्डै १० केजी चरेश बरामद गरेको प्रहरी नायव उपरिक्षक गिरीले बताए ।

प्रहरीले नियन्त्रणमा लिएका बृजेश प्रसाद कुर्मीलाई लागु औषध मुद्धामा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । उनलाई जिल्ला अदालत पर्साबाट अनुसन्धानका लागि ४ दिनको म्याद थप भएको प्रहरी नायव उपरिक्षक गिरीले जानकारी दिए ।


सम्बन्धित समाचार