Logo

१६ चैत, वीरगञ्ज । उत्तर प्रदेशको बुलन्दशहर क्षेत्रमा आफ्नै १५ वर्षीया छोरीले आमाबाबुको हत्या गरेकी छन् । हत्या भएको १५ दिनपछि उनी पक्राउ परेकी हुन् ।
हत्या आरोपी कक्षा आठमा पढ्ने उनले केटाहरूको सङ्गत गर्न आमाबाबुले नदिएको झोकमा उनीहरूलाई मारेको प्रहरीसमक्ष स्वीकार गरेकी छन् ।

मृतक दम्पतिकी चार छोरीमध्ये जेठी उनले १५ दिन अघि आमाबाबुलाई मारेको स्वीकार गरेकी शिकारपुर प्रहरी कार्यालयले जनाएको छ ।

केटाहरूसँग कुराकानी गरेकामा आमाबाबुले गाली गर्दा रिसाएकी उनले दैनिक काम सकेर घर आएका आमाबाबुलाई चियामा निद्रा लाग्ने औषधि हालेर खुवाएकी थिइन् ।

औषधिको प्रभावले मस्त निदाएका आफ्ना बाआमाका शिरमा उनले निर्ममतापूर्वक पटक–पटक बञ्चरो प्रहार गरेकी थिइन् । अठचालिस वर्षीय मोहम्मद शब्बीर र ४४ वर्षीया रेहाना केही दिनदेखि नदेखिएका तथा उनीहरूको घरबाहिर रगतका टाटा देखेपछि छिमेकीले आपराधको आशङ्का प्रहरीलाई खबर गरेका थिए ।

अनुसन्धानका क्रममा प्रहरीले १६ जनालाई पक्राउ गरेको थियो तर अभियुक्तको मोबइल फोनमा भेटिएको ‘अडियो’ लाई लिएर कठोर रुपमा केरकार गरेपछि उनले अपराध स्वीकार गरिन् । हत्यामा प्रयोग गरिएको हतियार पनि प्रहरीले बरामद गरेको छ ।

अभियुक्तलाई बाल सुधार गृहमा पठाइएको छ । निद्राको औषधि बेच्ने २२ वर्षीय मोहम्मद अकिललाई पनि पक्राउ गरिएको छ ।


सम्बन्धित समाचार