Logo

१७ चैत, वीरगञ्ज । आजबाट सुरु भएको २०७९ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षाको पहिलो दिन अंग्रेजी विषयको परीक्षा सकिएको छ । सैद्धान्तिक पत्रमा ७५ पूर्णांकंको परीक्षा बिहान ८ बजेबाट सुरु भई साढे दशबजे सम्पन्न भएको हो । पर्सामा ८ हजार ५ सय ८६ विद्यार्थी एसईई परीक्षामा सहभागी भएका छन् ।

जिल्लाभरका विद्यालयहरुबाट नौ हजार एकसय ६५ विद्यार्थीले एसईईका लागि परीक्षा फाराम भरेपनि परीक्षामा भने ८ हजार ५ सय ८६ जना विद्यार्थी मात्रै सहभागि भएको शिक्षा विकास समन्वय ईकाइ कार्यालय पर्साका प्रमुख फत्त बहादुर श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार पर्सामा ८ हजार ५ सय ८६ परीक्षार्थी मध्य ३९० जना ग्रेड वृद्धितर्फ र १८५ जना विद्यार्थी प्राविधिकधार तर्फबाट परीक्षामा सहभागी भएका छन् ।

परीक्षाका लागि वीरगन्ज महानगरपालिका भित्र १३ वटा र अन्य स्थानमा १२ वटा गरी २५ वटा परीक्षा केन्द्र तोकिएको छ । प्रत्येक परीक्षा केन्द्रमा एकजना केन्द्राध्यक्ष तोकिएको छ । २२५ जना परीक्षार्थी भएको एउटा परीक्षा केन्द्रमा एकजना सहायक केन्द्राध्यक्ष, त्यो भन्दामाथि तीनसय परीक्षार्थी रहेको केन्द्रमा दुईजना सहायक केन्द्राध्यक्ष र ५ सय परीक्षार्थी रहेको परीक्षा केन्द्रमा ३ जनासम्म सहायक केन्द्राध्यक्षको व्यावस्था गरिएको समन्वय इकाई प्रमुख श्रेष्ठले बताउनुभयो ।

परीक्षालाई स्वच्छ, व्यवस्थित, मर्यादित, भयरहित वातावरणमा सम्पन्न गर्नका लागि आवश्यक सुरक्षा र अनुगमनको व्यावस्थापनि मिलाईएको श्रेष्ठले बताउनुभयो । एसईई परिक्षा तालिका अनुसार आज पहिलो दिन विद्याथीहरुले अङ्गग्रेजी विषयको परिक्षा दिदैछन् भने दोश्रो दिन चैत्र १९ गते गणित विषयको परिक्षा दिने छन् । परीक्षा चैत २९ गतेसम्म संचालन हुनेछ ।


सम्बन्धित समाचार