Logo

१८ चैत, बारा । नेकपा एमालेको मिसनग्रासरुट अन्तर्गत बाराको प्रसौनी गाउँपालिकामा पालिका स्तरिय बैचारिक राजनीतिक पशिक्षण कार्यक्रम आज सम्पन्न भएको छ ।

कार्यक्रममा विभिन्न बिषयमा प्रशिक्षण दिइएको थियो । कार्यक्रममा राजनीतिक दलहरुसंग हाम्रो पार्टीको राजनीतिक वैचारिक भिन्नता र कम्युनिष्ट पार्टीको बिचारका बिषयमा केन्दृय सदस्य अरबिन्द सिहले, पार्टी निर्माण सम्बन्धी मार्क्सवादी दृष्टिकोण र पार्टी सदस्यहरुका अधिकार , कर्तव्य र कार्यशैलीको बिषयमा प्रदेश कमिटी सदस्य किशोर शर्माले, दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकता विरुद्धको वैचारिक संघर्षका बिषयमा प्रदेश कमिटी मनोज पौडेलले प्रशिक्षण दिनुभएको थियो ।

त्यसैगरि समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षाका बिषयमा विनोद जैसवाल र समसामयिक राजनैतिक परिस्थिती र पार्टिको दृष्टिकोणका बारेमा रफिक हवारिले प्रशिक्षण दिनुभएको थियो ।

परसौनि गाँउपालिका कमिटिका सम्योजक भगवती नेउपानेको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रदेश सभा सदस्य देबनारायण चौधरीले पनि बोल्नुभएको थियो । प्रभु दासले सन्चालन गरेको कार्यक्रममा अशेस्वर गुप्ताले स्वागत गर्नु भएको थियो ।


सम्बन्धित समाचार