Logo

१९ चैत, वीरगञ्ज । पर्साबाट प्रहरीले वीरगञ्जबाट बिल बिजकभन्दा बढी सामान बोकेको आशंकामा एउटा ट्रक नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीको टोलीले ना ५ ख ९६१३ नम्बरको ट्रक नियन्त्रणमा लिएको हो ।

बिल विजकमा उल्लेख गरिएको भन्दा बढी सामान बोकेको विशेष सूचनाको आधारमा वीरगञ्जबाट चितवनतर्फ जादैँ गरेको ट्रक वीरगञ्ज–८ घण्टाघर चोकबाट नियन्त्रणमा लिएको कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक गिरीले जानकारी दिनुभयो ।

बरामद गरिएको सामानको मुल्य ३८ लाख ८० हजार ३ सय ८५ रुपैँया अनुमान गरिएको छ । बरामद सामानलाई थप अनुसन्धान तथा कारवाहीका लागि आज राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाईएको प्रहरीले जनाएको छ ।


सम्बन्धित समाचार