Logo

२१ चैत,वीरगञ्ज । वीरगन्ज महानगरपालिका वडा नम्बर १३ को वडा कार्यालयमा तोडफोड भएको छ । तोडफोडका कारण कार्यालयको दुईवटा कम्युटर र कार्यालयमा पार्टिसन गरिएका सिसा र टेबलहरुमा क्षति पुगेको वडा अध्यक्ष हिरा गिरीले जानकारी दिनुभयो ।

आक्रमणले वडा कार्यालयका कर्मचारीहरु पनि घाईते भएका छन् । वडा अध्यक्ष गिरीका अनुसार त्यहिका एकजना स्थानीय युवक मन्दिर भित्र भजन कृतन भईरहेको स्थानमा गएर एक्कासी भजनकृत गर्नेहरुमाथि आक्रमण गर्न थालेपछि स्थानीयले समात्न खोज्दा भागेर वडा कार्यालयको कोठा भित्र पसेको थियो ।

मान्छेले लखेट्दै गएपछि कार्यालय भित्र पसेपछि भित्र थुनेर बाहिरबाट चुकुल लगाईदिएपछि तोडफोड भएको वडा अध्यक्ष गिरीले बताउनुभयो । १५, २० बर्षदेखि सोही स्थानमा चिया नास्ताको पसल गरेर बसेका ती युवकले के कारणले भजन कृतन गर्ने महिलाहरुमाथि आक्रमण गरेको हो भन्ने चाहिँ खुलेको छैन ।

युवकलाई प्रहरीले नियन्ण्त्रामा लिएको छ । उनलाई वडा प्रहरी कार्यालय श्रीपुरमा राखिएको वडा अध्यक्ष गिरीले बताउनुभयो ।


सम्बन्धित समाचार